१०–१० करोड माग्दै नेताको घरदैलोमा सांसद

ehulaki
----------------- | जेठ १, २०७६ बुधबार | 0

काठमाडाैं । चालू आर्थिक वर्षमा सांसदहरुले कति लगेका थिए ?  चार–चार करोड । आगामी वर्षका लागि १०–१० करोड माग्दै उनीहरु शीर्ष नेताको घरदैलो गर्दै छन्

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम चार करोडबाट १० करोड पुर्‍याउन सांसदहरूले लबिङ बढाएका छन् । कार्यक्रमको रकम वृद्धि गर्न सांसदहरूले सभामुखदेखि सत्तापक्षका संसदीय दलका उपनेता, अर्थमन्त्रीसम्मलाई दबाब दिइरहेका छन् । 

नेता तीनतिर विभाजित

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमलाई लिएर सांसदहरू तीन धारमा विभाजित देखिएका छन् । अधिकांश सांसदले कार्यक्रमको रकम बढाएर १० करोड बनाउन माग गरिरहँदा केहीले भने यो कार्यक्रम हटाउनुपर्ने बताएका छन् । अर्काथरी सांसदले भने प्रत्यक्ष निर्वाचित, समानुपातिक र राष्ट्रिय सभाका सांसदबीच विभेद गरिएको भन्दै कार्यविधि सच्याउन माग गरेका कुरा आजको नयाँ पत्रिका दैनिकमा उल्लेख छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय