जापानको दक्षिणी आमामी–ओशिमा द्वीपमामा भूकम्प

ehulaki
----------------- | जेठ १, २०७६ बुधबार | 0

टोकियो । जापानको दक्षिणी आमामी–ओशिमा द्वीपको उत्तरपूर्वी तटीय क्षेत्रका ५ दशमलव ५ म्याग्नीच्युडको भूकम्प गएको यहाँको मौसम विभागले बुधबार जानकारी दिएको छ । 

यस भूकम्पपछि सुनामीको कुनै चेतावनी भने दिइएको छैन । स्थानीय समयाअनुसार बुधबार बिहान २ः३४ मा भूकम्प गएको सो निकायले जानकारी दिएको छ । 

यस भूकम्पको केन्दविन्दु बरपरकै क्षेत्रमा ३० किलोमिटर गहिराइमा रहेको जनाइएको छ । 

यस भूकम्पपछि धनजनको क्षतिको भने कुनै समाचार प्राप्त भएको छैन । जापानमा बारम्बार भूकम्प जस्ता प्रकोपले सताउने गरेको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय