नगरपालिकाको कार्यालयमा बम विस्फोट

ehulaki
----------------- | जेठ १, २०७६ बुधबार | 0

मंगलशेन । अछामको जिल्लाको मंगलशेन नगरपालिको कार्यालयमा मध्यराती अज्ञात समुहले बम विस्पोट गराउनुका साथै गाडिमा आगजनी गरेका छन् । आगजनीबाट नगरपालिकाको बा २ झ ३६९४ नम्बरको कार पूर्ण रुपमा नष्ट भएको छ ।

राती करिब २ : ०० बजेको समयमा एक्कासी एउटा ठुलो आवाज आयो र कार्यालयमा आगलागी भएको स्थानिय बासीले बताएका छन् । घटना कस्ले र किन गराएको हो भन्ने कुरा अझै खुल्न सकेको छैन ।

जिल्लाको बीच बजारमा अवस्थित नगरपालिकाको कार्यालयमा यस्तो घट्ना घट्दा सर्वसाधारणमा त्रासको वातावरण शिर्जना भएको छ । घटना स्थलबाट वडा प्रहरी कार्यालय लगभग १५० मिटरको दुरीमा अवस्थित छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय