प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

ehulaki
ई-हुलाकी | जेठ १, २०७६ बुधबार | 0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमण सकेर आज स्वदेश फर्कँदै छन् ।

एकसाता लामो भ्रमण सकेर प्रधानमन्त्री ओली आज दिउँसो कम्बोडियाबाट बैंकक हुँदै स्वदेश फर्कन लागेका हुन् ।

समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणमा २६ वैशाखमा भियतनाम प्रस्थान गरेका प्रधानमन्त्री ओलीले ३० वैशाख सम्म भियतनाम र ३० वैशाख देखि १ जेठ सम्म कम्बोडियाको औपचारिक भ्रमण गरेका हुन् ।

भ्रमणका क्रममा नेपाल–भियतनाम हवाई सम्झौता भएको थियो भने कम्बोडियासँग व्यापार विस्तारको समझदारी भएको थियो ।

भियतनाम भ्रमणमा बुद्ध सन्देशको सान्दर्भिकताबारे विश्व समुदायलाई जानकारी दिएको उनले बताएका थिए । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय