अबैधानिक यौन धन्दाको फाइदा प्रहरीले लिइरहेको छ : सावित्री सुवेदी

ehulaki
ई-हुलाकी | जेठ १, २०७६ बुधबार | 0

काठमाडौं । चर्चित अभियन्ता सावित्री सुवेदी पछिल्लो समय यौन व्यवसायलाई वैधानिकता दिनुपर्ने पक्षमा उभिएकि छन् । 
सामाजिक सञ्जालदेखि खुलारुपमानै उनी रेडलाइट एरियाको पक्षमा बोलिरहेकि छन्। 

महिला अधिकारको क्षेत्रमा कार्यरत सुवेदी रेडलाइट एरियालाई वैधानिकता दिँदा बलात्कारका घटनामा केहि कमि आउँने तर्क गर्छिन। केहि समय अघि माइतिघरमा कालो पेटिकोट लगाएर चर्चामा आएकि सुवेदीले रेड लाइट एरियाका पक्षमा केहि समय पछि खुलैरे लाग्ने बताएकि छन् । 

राजधानी लगायतका ठाँउमा रहेको अवैधानिक यौनधन्दालाई व्यवस्थित पारिनुपर्ने उनको तर्क छ । अवैधानिक यौनधन्दाको फाइदा प्रहरीले लिइरहेको आरोप लगाउँदै उनले फेसबुकमा यस्तो लेखेकि छन् ।

'यौन व्यवसाय हाम्रो देशमा सबैभन्दा बढि फस्टाएको व्यवसाय भएपनि यो अवैधानिक भएका कारण यसको फाइदा प्रहरीले लिइरहेको छ।

होटलहरुमा छापा मारेर घुस लिइ प्रहरीले आफ्नो पेट भरिरहेको तथ्य सबैलाई थाहा नै छ।

यो व्यवसायलाइ वैधानिक गरेर सरकारले कर असुली गर्नसके अर्थतन्त्र बलियो हुने थियो।'

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय