घुसकाण्डमा मुछिएका पाठक विशेष अदालतमा

ehulaki
----------------- | जेठ १, २०७६ बुधबार | 0

काठमाडौं । ७८ लाख घुस लिएको भिडियो सार्वजनिक भएपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक विशेष अदालतमा उपस्थित भएका छन् । भ्रष्टाचार मुद्दामा थुनछेक बहसकालागि पाठक विशेष अदालतमा उपस्थित भएको अदालतले जनाएको छ ।

पाठक विशेष अदालत उपस्थिति भएपछि विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार वैद्यको इजलासमा बयान भइहेको छ ।

पाठकसँगको बयानपछि मंगलबार नै थुनछेककालागि सुनुवाई हुने बताएको छ । त्यसपछि अदालतले उनलाई पुर्पक्षकालागि थुनामा पठाउने वा धरौटी माग्ने भन्ने विषयमा आदेश दिनेछ ।

उनीसँगै प्रतिवादी बनाइएका लम्बोदन न्यौपाने भने फरार छन् । अख्तियारले पाठकविरुद्ध घुस लिएको अभियोगमा चैत १२ मा विशेष अदालतमा भ्रष्टाचार विरुद्ध मुद्दा दायर गरेको थियो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय