उद्योगमन्त्री मातृका यादवमाथि कार्यकक्षमै हात हालाहाल

ehulaki
----------------- | जेठ १, २०७६ बुधबार | 0

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्रीका निजि सचिवले घुस खाएको भन्दै मन्त्रालयमा हात हालाहालको अवस्था सिर्जना भएको छ ।  मन्त्री मातृका यादवको कार्यकक्षमा नै कर्मचारीका नेताले मन्त्रीमाथि हात हाल्न खोजेका थिए ।

सेवाग्राहीका रुपमा आएका कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीको समूहले मन्त्रीमाथि हात हाल्न खोजेका थिए ।

निजी सचिव प्रेम आचार्यले घूस खाएर आफूहरुलाई सरुवा गरिएको आरोप लगाउँदै केही कर्मचारी विरोधमा उत्रिएपछि दिउँसो यस्तो अवस्था सिर्जना भएको हो । 

घूस लिई सरुवा गरेको भन्दै निजी सचिव आचार्य र कर्मचारीबीच भनाभन भएपछि कार्यकक्षमा रहेका मन्त्री यादव जंगिँदै बाहिर निस्केका थिए । मन्त्री यादवले झगडा गर्ने को हो, घूस खाको भन्ने ? प्रमाण के छ पुष्टि गर । नत्र थुन्छु भनेर ढोका लगाउन निर्देशन दिएका थिए।

त्यसपछि ५/६ जनामा रहेका कर्मचारीहरु भागभाग गरे। त्यसपछि मन्त्री यादव स्वयम्‌ले ती कर्मचारीहरुको कठालो समाउन पुगे। जसका कारण मन्त्रालयमा केहीबेर होहल्ला भएको थियो।

मन्त्री यादवका निजी सचिव आचार्यले भने ती कर्मचारीहरुले उद्योग विभाग जान नपाएको झोंकमा आफूमाथि घूस लिएको आरोप लगाएको दाबी गरे । होहल्ला रोक्न बाहिर निस्किएका मन्त्रीमाथि हातपात प्रयास भएपछि प्रहरी बोलाए लगत्तै कर्मचारी नेताहरु भागेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय