प्रचण्डले घडी नहेर्दा माफी माग्नुपर्‍यो

ehulaki
ई-हुलाकी | जेठ १, २०७६ बुधबार | 0

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राजदूत होउ यान्छीसँग माफी मागेका छन् । 

आज ४ बजे उनले चिनीया राजदूतलाई भेट्ने समय दिएका थिए । सो समयमा उनलाई भेट दिन नसकेपछि माफी माग्नुपरेको हो । 

तत्कालीन एमालेको भातृ संगठन युवा संघको २९ स्थापना दिवसका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित समारोहमा प्रचण्ड उपस्थित थिए । कार्यक्रम लम्बिएर त्यहीँ ४ बजिसकेको थियो

चिनियाँ राजदूत यान्छीले ४ बजे भेटवार्ताका लागि दाहालसँग समय लिएकी थिइन। निर्धारित समयअनुसार उनी भेटवार्ताका लागि दाहाल निबास खुमलटार समेत पुगेकी थिइन। तर, दाहाल युवा संघकै कार्यक्रममा भुलिएपछि उनले माफी माग्नुपरेको हो । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय