केही नयाँ गरेर मर्ने चाहना छ : प्रचण्ड

ehulaki
----------------- | जेठ १, २०७६ बुधबार | 0

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले ठुलो चुनौतीका साथ युद्धलाई शान्ति पक्रियामा रुपान्तरण गरेको बताएका छन् । विप्लव लगायतका सहकर्मी बाहिर रहेको उल्लेख गर्दै उनले भने, 'अहिले पनि केहि मानिस बाहिर छन् र मलाई सरापि रहेका छन्, हामिले ठुलै चुनौति पार गरेर आएका हौं' । उनले बाँकी जीवन केही नयाँ गरेर मर्ने चाहना भएको समेत बताए ।

युवा संघ नेपालको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलन र युवाबीचमा विशिष्ट सम्बन्ध रहेको भन्दै कम्युनिष्ट संगठन भनेको भविष्यको संगठन, समाजवाद र साम्यवाद भविष्यको संगठन भएको बताए । 

उनले माओत्सेतुङले भन्ने गरेको ‘संसार हाम्रो हो तपाईंहरुको पनि हो । तर, अन्तिममा तपाइहरुकै हो’ स्मरण गर्दै त्यही सोचअनुसार अघि बढ्नुपर्ने बताए । उनले काम गर्दै जाँदा केही गल्ती भएपनि त्यसलाई सच्चाउन सक्नुपर्ने बताए । 

जनवर्गीय संगठनहरुको एकीकरणको कामलाई पनि २ दिन भित्र सम्पन्न गर्न आफूले जोड दिएको पनि स्पष्ट पारे । उनले मदन भण्डारी स्मृति दिवसको अवसर पारेर जेठ ३ गते पार्टीका सबै जनवर्गीय संगठनहरुको एकीकरणको काम सम्पन्न हुने गरी मंगलबार बिहान पार्टीको सचिबालयको बैठक बोलाइएको पनि जानकारी दिए । 

अध्यक्ष दाहालले पार्टीका नेताहरु केपी ओली, माधव नेपाल र झलनाथ खनाललाई प्रधानमन्त्री बनाउन आफूले पहल गरेको स्मरण पनि गराए । उनले आफूले केही गर्न खोजेको उल्लेख गर्दै पार्टीका नेताहरुको साथ र सहयोगको अपेक्षा गरिएको पनि बताए । तर उनले के गर्न खोजेको हो भन्ने चाँही स्पष्ट पारेनन् । अध्यक्ष दाहालले जनता र राष्ट्रको चाहना र भावनाको जगमा दुई पार्टीबीच एकता भएको पनि स्पष्ट पारे । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय