त्रिविवि सेवा आयोग परीक्षामा गम्भीर अनियमितता भेटियो

ehulaki
ई-हुलाकी | जेठ २, २०७६ बिहिबार | 0

काठमाडौं । त्रिविवि सेवा आयोगले सञ्चालन गरेको खुल्ला परीक्षामा अनियमिता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्ष निकालेको छ । 

आयोगले सञ्चालन गरेको परीक्षामा नेता, कर्मचारी र त्रिविविका आफन्तहरुको मात्र नाम निस्केको भनेर छनबिनका लागि अख्तियारमा उजुरी परेको थियो । उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो । अनुसन्धानको प्रारम्भिक अनुसन्धानमा नै गम्भीर अनियमितता भएको अख्तियारले संकेत गरेको छ । स्रोतले भनेको छ अझै अनुसन्धान गर्न बाँकी छ । नियन्त्रणमा लिएको कागजातहरु अध्ययन अझै अध्ययन हुँदैछ । यो समाचार कान्तिपुर दैनिकमा सुदीप कैनीले लेखेका छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय