संघर्षमा जान तयार रहनुहोला : देउवा

ehulaki
ई-हुलाकी | जेठ २, २०७६ बिहिबार | 0

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधानका प्रावधानविपरीत सरकारले तीन विधेयक ल्याएको भन्दै फिर्ता नगरे प्रतिवाद गर्ने चेतावनी दिएको छ ।

देउबाले बाटो बिराएको सरकारलाई सही बाटोमा फर्काउन जस्तोसुकै लडाइँ लड्नुपरे पनि हामी तयार हुनुपर्छ ।

संसद्मा संविधानको प्रावधानविपरीत दर्ता भएका तीन विधेयक फिर्ता गर्न नमाने सबैखालका लडाइँमा जान शारीरिक र मानसिक रूपमा तयार रहनुहोला भनेर आजको नयाँ पत्रिका दैनिकमा मधुसुदन भट्टराईले लेखेका छन्।

वर्तमान सरकार संविधानले परिकल्पना गरेभन्दा विपरीत बाटोमा हिँड्ने कोसिसमा छ । बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार तथा स्वतन्त्र, निष्पक्ष एवं सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणाविपरीत काम गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय