अहिलेसम्म सरकारले विकास बजेटको ५० प्रतिशत मात्र खर्च गर्‍यो

ehulaki
ई-हुलाकी | जेठ २, २०७६ बिहिबार | 0

काठमाडाैं । आर्थिक वर्षको १० महिनामा नेपाल सरकारले बजेटको आधा अर्थात् ५० प्रतिशत मात्रै खर्च गरेको छ ।

चालू आर्थिक वर्षको संघीय बजेट १३ खर्ब १५ अर्ब १६ करोडमध्ये वैशाख मसान्तसम्म जम्मा ६ खर्ब ६१ अर्ब ९७ करोड मात्रै खर्च भएको हो । सरकारले मध्यावधि समीक्षामार्फत बजेटमा संशोधन गरी ११ खर्ब ९९ अर्ब १५ करोड २५ लाख रुपैयाँ मात्रै खर्च हुने लक्ष्य तय गरेको छ । आर्थिक वर्षको १० महिनामा त्यसको पनि जम्मा ५५ दशमलव २ प्रतिशत मात्रै खर्च भएको छ । यसको अर्थ चालू  काठमाडौं । आर्थिक वर्ष ०७५/७६ सम्पन्न हुन ६३ दिनमा करिब साढे पाँच खर्ब रुपैयाँ खर्च गर्नुपर्नेछ । 

०७६ को असार मसान्तभित्र चालू आर्थिक वर्षको बजेट खर्च गरिसक्ने हो भने दैनिक आठ अर्ब ५२ करोड ६६ लाख रुपैयाँ खर्च गर्नुपर्नेछ । सार्वजनिक बिदा, पर्वलगायतलाई कटाउने हो भने खर्चको दर दैनिक झन्डै नौ अर्ब रुपैयाँ पुर्‍याउनुपर्नेछ । 

आर्थिक वर्ष ०७५/७६ को बजेटको अर्धवार्षिक समीक्षाले गरेको संशोधित अनुमानअनुसार चालू बजेट सात खर्ब ९८ अर्ब ४४ करोड ६ लाख खर्च गर्ने लक्ष्य निर्णारण गरेको छ । यसअनुसार ३१ वैशाखसम्ममा चार खर्ब ९५ अर्ब ८६ करोड ३५ लाख रुपैयाँ खर्च भएको छ । यो संशोधित अनुमानको ६२ दशमलव १० प्रतिशत भएको कुरा नयाँ पत्रिका दैनिका जनार्दन बराल र जीवन बस्नेतले लेखेका छन् । 

चालू बजेटको तुलनामा पुँजीगत (विकास) बजेट खर्चको अवस्था अझ निराशाजनक छ । संशोधित अनुमानले पुँजीगत खर्च दुई खर्ब ६५ अर्ब २६ करोड ५७ लाख रुपैयाँ तोकेको छ । तर, आवको १० महिना (३१ वैशाख) सम्ममा एक खर्ब १९ अर्ब ४६ करोड ५२ लाख रुपैयाँ खर्च भएको छ । अझै एक खर्ब ४५ अर्ब ८० करोड पाँच लाख रुपैयाँ खर्च हुन बाँकी छ । यसको अर्थ १० महिनामा लक्ष्यको ४५ प्रतिशत मात्र पुँजीगत बजेट खर्च भएको छ । 

१० महिना (तीन सय दुई दिन)मा भएको पुँजीगत खर्चको दरलाई हेर्दा दैनिक ३९ करोड ५५ लाख रुपैयाँ खर्च भएको देखिन्छ । बाँकी रहेका ६३ दिनमा दैनिक दुई अर्ब ३१ करोड ४२ लाख खर्च गर्दा मात्र संशोधित विकास बजेट चालू आर्थिक वर्षभित्र खर्च हुन सक्छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय