४ अर्ब खराब कर्जा असुली

ehulaki
ई-हुलाकी | जेठ २, २०७६ बिहिबार | 0

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको चार अर्ब १६ करोड ४२ लाख रुपैयाँ खराब कर्जा असुली छ।

चालु आवको चैतसम्म ऋण असुली न्यायाधिकरणले बैंक तथा वित्तीय संस्थाले सर्वधारण, फर्म र कम्पनीमा लगानी गरी खराब कर्जामा परिणत भएको ऋण असुल गरेको हो।

चालु आव न्यायाधिकरणमा दर्ता भएका ४ सय ५६ मध्ये ५८ मुद्दाबाट ऋण असुल गरिएको छ। अघिल्लो आवको सोही अवधिभन्दा यो वर्ष ऋण असुल बढेको हो। आव ०७४÷७५ चैतमा ९७ करोड ३४ लाख ऋण असुली भएको थियो।

चालु आवमा फैसला भएका अधिकांश मुद्दा नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकसँग सम्बन्धित भएको स्रेतेदार भेषराज कोइरालाले जानकारी दिए। केही निजी बैंकका मुद्दा पनि छन्। रकमका हिसाबले सरकारी बैंकको धेरै भएको कुरा निर्दोष घोरसाइनेले अन्नपूर्ण पोष्टमा लेखेका छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय