करोडौंको बिगो, वन अधिकृतसहित २० विरुद्ध मुद्दा

ehulaki
ई-हुलाकी | जेठ २, २०७६ बिहिबार | 0

काठमाडौं । सामुदायिक वनमा सालको रूख कटानीमा भ्रष्टाचार गरेको अभियोगसहित डिभिजन वन कार्यालय, हेटौंडा, मकवानपुरका तत्कालीन डिभिजनल वन अधिकृत प्रह्लादप्रसाद धितालसहित २० जनाविरुद्ध मुद्दा दायर गरिएको छ।

सालका हरिया रूख काटी गोलिया हिनामिना गरेको गरेको आरोपमा उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको हो। सामुदायिक वनको काठ अवैधानिक रुपमा कटानी गरी २० लाखभन्दा बढी रकम बाँडेर खाएको अभियोग उनीहरुमाथि छ।

डिभिजनल वन अधिकृत धितालविरुद्ध १ करोड ६० लाख बिगोसहित ११ वर्षको कैद सजाय माग दाबी गरिएको छ। उनले १ करोड ५९ लाख हिनामिना गर्नुसाथै एक लाख घुस रिसवत लिएको आरोपपत्रमा उल्लेख भएको कुरा अन्नपूर्ण पोष्टमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।  

सहायक वन अधिकृत विशाल भट्टराई, सहायक वन अधिकृत टंकनारायण श्रेष्ठ, सहायक वन अधिकृत नारायणबहादुर कार्की, अवकाश प्राप्त सहायक वन अधिकृत मोहनबहादुर खड्का, सहायक वन अधिकृत राजेन्द्रमान राजभण्डारी, सहायक वन अधिकृत दशराम चौधरी, रेन्जर राजु लामा, फरेस्टर ब्रह्मदेव यादव र वन रक्षक देवीप्रसाद गौतमलाई प्रतिवादी बनाइएको छ। उनीहरुविरुद्ध १ करोड ५९ लाख बिगो र ८ वर्षसम्म कैद सजाय माग दाबी गरिएको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय