एसिड प्रहारबाट गम्भीर घाइते खड्काको अवस्था चिन्ताजनक

ehulaki
ई-हुलाकी | जेठ २, २०७६ बिहिबार | 0

काठमाडौं । राजधानीको कालोपुलकी जेनी खड्का एसिड प्रहारबाट गम्भीर घाइते भएकी छन्।

खड्कालाई सुरुमा चाबहिलस्थित ओम अस्पतालमा उपचार गरिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि उनलाई कीर्तिपुर अस्पताल लगिएको स्रोतले बताए। अस्पतालका अनुसार उनको अवस्था चिन्ताजनक छ।

प्रहरीले एसिड प्रहार गर्ने भुजेललाई पक्राउ गरेको छ। घरायसी विवादमा बुधबार साँझ पति विष्णु भुजेलले एसिड प्रहार गर्दा खड्काको गाला, छाती र हात जलेको छ।

खड्का विगत एक वर्षदेखि माइत बस्दै आएकी थिइन्। खड्का भुजेलकी दोस्री पत्नी हुन्। उनका दुई वर्षका छोरा छन्। भुजेलले खड्कालाई बेलाबेलामा धम्क्याउँदै आएका थिए। भुजेलले बुधबार साँझ सल्लाह गर्न बोलाएर खड्कामाथि एसिड प्रहार गरेको परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय