राजदूत पाण्डे ब्रुनाई र तान्जानियाका लागि पनि गैरआवासीय नेपाली राजदूतमा नियुक्त

ehulaki
----------------- | जेठ २, २०७६ बिहिबार | 0


काठमाडौं । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे ब्रुनाई र तान्जानियाका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई ब्रुनाई र तान्जानियाका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा यो नियुक्ति गरेकी हुन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय