बैतडीको मेलौलीमा झुण्डिएको अवस्थामा किशोरीको शव

ehulaki
तस्विर : सुदुरखबर
----------------- | जेठ २, २०७६ बिहिबार | 0
तस्विर : सुदुरखबर

मेलौली । बैतडीको तल्लोस्वरोड स्थित मेलौलीमा एक किशोरीको शव फेला परेको छ । झुण्डिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यलय बैतडीले जनाएको छ । मेलौली नगरपालिका वार्ड नं ७ बनालीमा १९ बर्षकी किशोरी सावित्री चन्द घर नजिकैको मेलको रुखमा झुण्डिएको अवस्थामा बुधबार फेला परेकी हुन् ।

मणिलेक माध्यमिक विद्यालय काँडा मेलौलीमा कक्षा १२ अध्ययनरत छात्राको मृत्युको कारण खुल्न नसके पनि एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतकको कोठामा खानतलासी गर्दा सोही ठाउँका प्रशान्त क्षेत्रीको नागरिकता, फोटो फेला परेकाले अनुसन्धानका लागि क्षेत्रीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए । किशोरीको सिरानीमा १० हजार नगद समेत फेला परेको उनले बताए ।

अन्नपूर्णपोष्ट

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय