यौन क्रियाकलापमा संलग्न ६१ जना पक्राउ

ehulaki
ई-हुलाकी | जेठ २, २०७६ बिहिबार | 0

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ माछापोखरी वाइपासस्थित विभिन्न होटेल, रेष्टुरेण्ट र सडक किनारबाट अनैतिक क्रियाकलापमा संलग्न ४४ पुरुष र १७ महिला गरी ६१ जनालाई बुधबार साँझ प्रहरीले प्रकाउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले स्विप अप्रेसन गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका मध्ये अनुसन्धान पश्चात १५ पुरुष र ६ महिला गरी २१ जनालाई आफन्तको जिम्मा लगाइएको छ भने अन्य ४० जनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय