नेकपा जनवर्गीय संगठनको भागबण्डा मिल्यो, यी हुन् संयोजक र सहसंयोजक

ehulaki
ई-हुलाकी | जेठ २, २०७६ बिहिबार | 0

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनवर्गीय संगठनको नेतृत्वको भागबण्डा टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २२ जनवर्गीय संगठनमध्ये धेरैजसोको भागबन्डा टुङ्ग्याएको छ । 

स्रोतका अनुसार विद्यार्थीका संयोजकमा ऐन महर र सहसंयोजकमा रञ्जित तामाङ  यस्तै युवा संगठनको नेतृत्व दिपशिखा र सहसंयोजक रमेश पौडेल , महिलामा सांयोजक अमृता थापा र सहसंयोजक सीता पौडेल ,  मजदुर संगठनको नेतृत्वमा विनोद श्रेष्ठ संयोजक र जगत सिम्खडा सहसंयोजक,  प्रेस संगठनमा महेश्वर दाहाल संयोजक र गणेश बस्नेत सहसंयोजक रहने गरी मोटामोटि सहमति जुटाइएको छ ।

त्यसैगरी बुद्धिजिवीमा दिनेशचन्द्र देवकोटा संयोजक र कृष्ण केसी उपसंयोजक रहने सहमति बनेको बताइएको छ। यस्तै पेशागत महासंघमा विश्वनाथ प्याकुरेल संयोजक र दयाराम बस्याल सहसंयोजक तथा जनसांस्कृतिक महासंघमा खगेन्द्र राई संयोजक र सरल सहायात्री सहसंयोजक तोकिएका छन् ।

यसैगरी मुस्लिम संगठनमा सराज महमद फरुकी संयोजक र अत्तहर हुसेन फारुकी सहसंयोजक तथा दलितमा तिलक परियार संयोजक र ओमबहादुर विश्वकर्मा सहसंयोजक तोकिएका छन् ।

यस्तै भूपू सुरक्षाकर्मीको संगठनमा धनबहादुर चन्द संयोजक तोकिएका छन् । जनबर्गीय संगठनका सवै नाम टुंग्याएर भोलि पार्टी एकताको एक बर्षको अवसरमा आयोेजित कार्यक्रममा घोषणा गर्ने तयारी छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय