विप्लवका नेता बमलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

ehulaki
----------------- | जेठ २, २०७६ बिहिबार | 0

काठमाडौं । सर्वोच्च अदालतले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य भरत बम ‘रणबीर’लाई जेठ ८ गते अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

अदालतमा परेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै अदालतले लिखित कारणसहित बन्दी झिकाउन बिपक्षीका नाममा उक्त आदेश जारी गरेको छ ।

बमलाई बैशाख २५ गते बुधबार केपी–बादल गृह प्रशासनले बाँकेको जानकी गाँउपालिका– ६, गनापुरबाट गिरफ्तार गरेको थियो । सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछि प्रहरीले नेता तथा कार्यकर्ताहरुलाई खोज्न ‘सर्च एण्ड अरेस्ट अपरेसन’ तिव्र पारेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय