रुपन्देहीमा गाोली चल्यो, भारतीयको आक्रमणबाट ३ प्रहरी जवान घाइते

ehulaki
----------------- | जेठ २, २०७६ बिहिबार | 0

काठमाडौं । रुपन्देहीको सिद्धार्थनगरमा गोलि चलेको छ । सिदार्थनगर नगरपालिका शंकरपुर नाकामा बिहीबार गोली चलेको प्रहरीले पुष्टि गरेको छ । भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका एक व्यक्तिलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।

सादा पोशाकका प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रहरीको दाबी छ । 

प्रहरीका अनुसार गोली लागेर घाइते भएका व्यक्तिलाई भारतीय पक्षले नै उठाएर लगेका छन् । प्रहरीले पक्राउ गर्न खोज्दा गुहार मागेपछि भारतीयहरु नेपाली सीमा क्षेत्रमा प्रवेश गरेर प्रहरीलाई आक्रमण गरेका थिए । भारतीयहरुको आक्रमणमा परी ३ जना प्रहरी घाइते रहेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जनाएको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय