अवैध विदेशी मुद्रासहित नेपाली मुलका बेल्जियमका नागरिक पक्राउ

ehulaki
रासस | जेठ २, २०७६ बिहिबार | 0

काठमाडौं । अवैध विदेशी मुद्रासहित नेपाली मुलका बेल्जियमका एकजना नागरिक बिहीबार पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरको उडानद्वारा चितवन भरतपुर जान लागेका भरतपुर नगरपालिका–५ बस्ने ४४ वर्षीय  नेपाली मुलका बेल्जियम नागरिक रामचन्द्र सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीबाट लुकाई छिपाई लैजान लागेको ८ हजार युरो बरामद गरिएको प्रहरीले जनाएको छ ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको डिपार्चर एरियामा शरीर तलासी गर्ने क्रममा उनलाई उक्त युरो सहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले आवश्यक अनुसन्धानको लागि उनलाई उक्त रकम सहित राजश्वर अनुसन्धान विभाग हरिहर भवन पठाएको छ ।  

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय