गुगलले ह्वावेईलाई सेवाहरूबाट बन्द गर्ने

ehulaki
ई-हुलाकी | जेठ ६, २०७६ सोमबार | 0

 गुगलले चिनियाँ मोबाइल कम्पनी ह्वावेईसँगको व्यापार सीमित पार्दै ह्वावेईलाई उसका मोबाइल सेवाहरूबाट वञ्चित गरिदिएको छ।

ह्वावेईले अब गुगलको प्राविधिक सहायता पाउनेछैन र उसका नयाँ स्मार्टफोनहरूले लोकप्रिय गुगल एप तथा सेवामा पहुँच पाउने छैनन्। यसले नयाँ ह्वावेई स्मार्टफोनहरू गुगलका केही सेवाबाट वञ्चित हुनेछन्।

नयाँ स्मार्टफोनहरूले गुगलको एप स्टोर तथा उसको जीमेल जस्ता सेवामा अब पहुँच पाउने छैनन्। ह्वावेईले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।

रोयटर्सले नाम नखुलाइएको सूत्रलाई उद्धृत गर्दै कस्ता कस्ता सेवाबाट ह्वावेईलाई वञ्चित गराइने भन्ने बारे गुगल अझै छलफलरत छ।

तर ह्वावेईले अझैपनि ओपन सोर्स लाइसेन्समार्फत उपलब्ध एन्ड्रोइड अपरेटिङ सिस्टम भने प्रयोग गर्न सक्नेछ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय