सुन-चाँदीको मूल्य घट्यो

ehulaki
----------------- | जेठ ६, २०७६ सोमबार | 0

काठमाडौं । आज सोमबार सुनको भाउ ह्वात्तै घटेको छ। हिजो आईतबार ६० हजार रुपैयाँमा किनबेच भएको सुन आज ५९ हजार ५ सय रुपैयाँमा झरेको हो । अघिल्लो साता सुनको भाउ ६१ हजारसम्म पुगेको थियो। 

आज तेजावी सुनको मूल्य पनि ओरालो लागेको छ । आज तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि तेजावी सुनको मूल्य ५९ हजार ७ सय रुपैयाँ रहेको थियो । 

आज सुनको मूल्यसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ । आज चाँदीको मूल्य प्रतितोला ७०५ रुपैयाँ रहेको छ । आईतबार चाँदीको भाउ ७१० रुपैयाँ रहेको थियो ।

काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय