चुच्चेपाटीमा 'सायमन क्याफे' सुरु

ehulaki
ई-हुलाकी | जेठ ७, २०७६ मंगलबार | 0

काठमाडौं । काठमाडौं चुच्चेपाटीमा व्यवसायी रामप्रसाद राईले 'सायमन क्याफे' संचालनमा ल्याएका छन् ।

चुच्चेपाटी मेघा बैंक नजिक रहेको चाइनिज ग्रेडवाल हस्पिटलसँगैको घरमा सायमन क्याफे संञ्चालनमा ल्याइएको हो ।

उक्त क्याफेको शनिवार सांसद विसाल भटराईले उद्घाटन गरेका छन् । क्याफेका संचालक राईका अनुसार उक्त क्याफेमा विभिन्न स्वादका चिया, कफी तथा खाजा लगायत विभिन्न परिकारहरु पाइन्छन् । 

क्याफेले सबैको विश्वास जित्न  सक्सने क्याफे संचालक राईको दाबी छ । उक्त क्याफे विहान ६ बजेदेखि राती ९ बजे सम्म संचालनमा रहने संञ्चालक राइले बताए ।

व्यवसायी राई लामो समय कोरिया बसेर आएका हुन् । कोरियाको अनुभव नेपालमा लगानी गरि आफ्नै भूमिमा केही गरौं र केहीलाई रोजगार समेत दिऔं भन्ने सिद्धान्तका साथ यो ब्यवसाय खोलेको उनले जानकारी गराए ।

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय