आज सुन र चाँदी दुबैको भाउ घट्यो

ehulaki
ई-हुलाकी | जेठ ९, २०७६ बिहिबार | 0

काठमाडौं । आज बिहीबार सुनको भाउ तोलामा ५९ हजार २ सय रुपियाँले कारोबार भइरहेको छ  । 

सुनको भाउ हिजोभन्दा आज २ सय रुपैयाँले घटेको छ । हिजो ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । 

आज तेजावी सुनको मूल्य पनि घटेको छ। आज तेजावी सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

हिजो सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने यथावत थियो ।  आज चाँदीको मूल्य प्रतितोला ७०० रुपैयाँमा  रहेको छ। हिजो ७०५ रुपियाँमा कारोबार भएको थियो ।  

काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय