मत परिणाम सुनेपछि कांग्रेस नेता बेहोस, मतगणना स्थलमै मृत्यु

ehulaki
----------------- | जेठ ९, २०७६ बिहिबार | 0

काठमाडौं । भारतमा लोकसभा निर्वाचनको मत परिणाम सार्वजनिक भइरहेको छ । सत्तारुढ दल भारतीय जनता पार्टीले अधिकांश ठाँउमा लिड गरिरहेको छ ।

प्रारम्भीक चुनावी परिणाम सार्वजनिक भइरहेकै बेला विपक्षी दल काँग्रेस आईका एक नेताको मृत्यु भएको छ । उनको हृदय घातका कारण मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रारम्भिक चुनावी परिणाम सुन्दा मध्यप्रदेश स्थित भारतीय कांग्रेसको सिहोर जिल्लाका अध्यक्ष रतन सिंह ठाकुरलाई हृदयघात भएको छ ।  हृदयघातपछि बेहोस भएका उनको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार  मतगणनाको अपडेट आउन थालेपछि उनको स्वास्थ्यमा समस्या आएको आयो र त्यससँगै उनलाई हृदयघात भयो । उनलाई हतारहतार अस्पताल लगिएपनि ज्यान भने बच्न सकेन। बिहान आठ बजेदेखि जारी मतगणनामा सत्तारुढ भाजपा गठबन्धनले भारी अग्रता लिएको छ। मतपरिणाम आजै बेलुका आइपुग्नेछ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय