फेरि पनि भारतको जित भयो : नरेन्द्र मोदी

ehulaki
----------------- | जेठ ९, २०७६ बिहिबार | 0

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावी परिणाम भारतीय जनताको पक्षमा आएको दाबी गरेका छन् । अधिकांस स्थानमा बिजेपीले जित हाँसिल गर्दा उनले 'भारतको फेरि पनि जित भयो' भन्दै ट्विट गरेका छन् । सामाजिक सञ्जाल मार्फत सबैलाई बधाई समेत दिएका छन् ।

सबका साथ + सबका विकास + सबका विश्वास = विजयी भारत

Together we grow.

Together we prosper.

Together we will build a strong and inclusive India.

India wins yet again! #VijayiBharat

— Chowkidar Narendra Modi (@narendramodi) May 23, 2019

अप्रिल ११ देखि मे १९ सम्म भारतीय मतदाताहरूले संसद्को तल्लो सदन लोकसभाका ५४२ सदस्य चयन गर्नका लागि मतदान गरेका थिए ।

देशभरिका ९० करोड मतदातालाई निर्वाचनमा सहभागी गराउन विभिन्न सात चरणमा मतदान भएको थियो । आज बिहानदेखि मतगणना सुरु भएको छ ।

सम्पूर्ण मतपरिणाम आज बेलुकासम्म आउँने छ । अहिलेसम्म मोदीको दल भाजपाले ३४४, कांग्रेस आईले ८८ र अन्य गठबन्धनले ११० स्थानमा जित हात पारेका छन् । नतिजा आउँन बाँकि स्थानमा पनि बिजेपीले अग्रता लिईरहेको छ । सन् २०१४ को चुनावमा मोदीको दल भाजपाले २८२ सिट जितेको थियो ।

भाजपाले कमजोर प्रदर्शन गर्ने अपेक्षा गरिएका उत्तर प्रदेश, मध्यप्रदेश, राजस्थान जस्ता केही राज्यमा पनि भाजपाले नै अग्रता कायम गरेको छ । यो मत परिणामले भारतमा नरेन्द्र मोदी फेरि प्रधानमन्त्री हुने निश्चित भएको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय