हेमा मालिनी र सनी देओलले जिते लोकसभा चुनाव

ehulaki
----------------- | जेठ ९, २०७६ बिहिबार | 0

नयाँदिल्ली । भारतीय जनता पार्टीकी नेतृ हेमा मालिनी लोकसभा चुनावमा विजयी भएकी छन् । उनले उत्तरप्रदेशको मथुरबाट चुनाव जितेकी हुन् ।

विपक्षी आरएलडीका उम्मेद्वार कुँवर नरेन्द्र सिंहलाई हराएर मालिनीले चुनाव जितेकी हुन् । मालिनीले ४ लाख ९ हजार ३ सय २५ मत ल्याएर विजयी बनेकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी सिंहले २ लाख १९ हजार १ सय ८ मत ल्याएका छन् । मालिनीले १ लाख ९० हजार २ सय १७ मतान्तरले चुनाव जितेकी हुन् ।

यस्तै अभिनेता सनी देओलले पनि भारतीय लोकसभा निर्वाचनमा विजय हासिल गरेका छन् । 

पञ्जाव राज्यको गुरदासपुरबाट उम्मेदवार बनेका देओलले ५ लाख ४७ हजार ७८१ मत ल्याएर जित हासिल गरेका हुन् । उनी पनि सत्तारुढ दल भारतीय जनता पार्टीबाट उठेका थिए । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय