प्रदेश ३ को नाम 'नेवा: ताम्सालिङ' राख्न प्रस्ताव दर्ता

ehulaki
ई-हुलाकी | जेठ ९, २०७६ बिहिबार | 0

काठमाडौं । प्रदेश ३ को नाम नेवा: ताम्सालिङ राख्न प्रदेशसभमा प्रस्ताव दर्ता भएको छ ।

सांसद ओमबहादुर ग्लान र प्रतिमा श्रेष्ठको प्रस्ताव र सांसद प्रेमबहादुर तामाङ, रत्नप्रसाद ढकाल र सीता अधिकारीको समर्थनमा बिहीबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भएको हो ।

सरोकारवालाहरुले संघीय गणतन्त्रात्मक नेपाल राज्यको पुनर्संरचना गर्दा पहिचान र सामर्थ्यलाई मुख्य आधारको रुपमा मान्ने सहमति भएअनुसार प्रदेश ३ को नाम नेवा: ताम्सालिङ राख्नुपर्ने बताउँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय