आज सुनको भाउ बढ्यो

ehulaki
ई-हुलाकी | जेठ १०, २०७६ शुक्रबार | 0

काठमाडौं । आज शुक्रबार सुन तोलामा ५९ हजार ७ सय रुपियाँले कारोबार भइरहेको छ  । 

छापावाल र तेजाबी दुबै सुनको भाउ हिजोभन्दा आज ५/५ सय रुपैयाँले बढेको छ । हिजो छापावाल सुन ताेलाको ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

चाँदी

आज चाँदीको मूल्य ताेलाको १० रुपियाँले बढेको छ । आज चाँदी ताेलाको ७१० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो ७०० रुपियाँमा कारोबार भएको थियो ।  

 

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय