सामाजिक विकृतिमुक्त स्थानीय तहलाई प्रोत्साहन

ehulaki
रासस | जेठ १०, २०७६ शुक्रबार | 0

सुर्खेत । कर्णाली प्रदेश सरकारले सामाजिक विकृतिमुक्त घोषणा गर्ने स्थानीय तहलाई रु एक लाख प्रोत्साहन दिने तयारी गरेको छ । सामाजिक विकास मन्त्रालयले प्रदेशका कुरीतिका रूपमा रहेको छाउपडी, जातीय छुवाछूत, बोक्सी, बालविवाह न्यूनीकरणमा स्थानीय तहलाई थप उत्पे्ररणा मिलोस् भन्ने उद्देश्यले प्रोत्साहन रकम वितरण गर्न थालेको हो ।

सरकारले आर्थिक वर्ष २०७५/७६ मा विकृतिमुक्त पालिकालाई नगद रु एक लाख प्रोत्साहन उपलब्ध गराउने बजेट विनियोजन गरेको थियो । मन्त्रालयले आवश्यक सूचक पूरा गरेर विकृतिमुक्त घोषणा गरिएका स्थानीय तहलाई अनुगमनका आधारमा रकम वितरण गरिने जनाएको छ ।

सामाजिक विकास शाखाका महिला विकास अधिकृत अनिता ज्ञवालीले यस वर्ष सामाजिक विकृति उन्मूलन गर्ने स्थानीय तहको स्थलगत अनुगमन भइरहेको बताइन् । कर्णालीमा ७९ स्थानीय तह छन् । “अनुगमन प्रतिवेदनका आधारमा प्रोत्साहन रकम प्रदान गरिनेछ”, उनले बताइन्, “यसले स्थानीय तहलाई सामाजिक विकृति अन्त्य गर्न जिम्मेवार बनाउने मन्त्रालयको विश्वास छ ।”
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय