चीनमा २९ जना चढेको डुङ्गा दुर्घटना, १० जनाको मृत्यु

ehulaki
----------------- | जेठ ११, २०७६ शनिबार | 0

गुइयाङ । चीनको दक्षिणपश्चिमी प्रान्त गुइझाओमा बिहीबार अपराह्नमा भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा दश व्यक्तिको मृत्यु भएको छ । 

स्थानीय समयानुसार शुक्रबार २ बजेसम्म यस दुर्घटनामा परेका १० व्यक्ति वेपत्ता रहेका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

 यस दुर्घटनामा परेका ११ व्यक्तिलाई भने उद्धार गरिएको र घाइते भएका सवैलाई स्थानीय अस्पतालमा उपचारको लागि लगिएको छ ।

स्थानीय समयाअनुसार बिहीबार बेलुका ६ः३० मा दुर्घटना भएको यस डुङ्गामा २९ व्यक्ति सवार रहेका बताइएको छ ।  दुर्घटनाको कारण अनुसन्धानरत रहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय