रेकर्ड तोडेपछि मोदीले सुनाए जितको रहस्य (भिडियोसहित)

ehulaki
----------------- | जेठ ११, २०७६ शनिबार | 0

नयाँ दिल्ली (एजेन्सी) । भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनमा बहुमत प्राप्त गरेको भारतीय जनता पार्टीको शनिबार बसेको संसदीय दलको बैठकले निवर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीलाई संसदीय दलको नेतामा चयन गरेको छ ।

पार्टीले मोदीलाई नेता चयन गरेसँगै उनी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने निर्णय पार्टीले गरेको हो । मोदी पहिलो पटक २०१४ मा पार्टीले बहुमत ल्याएपछि प्रधानमन्त्री बनेका थिए । 

शनिबार भाजपा मुख्यालय दिल्लीमा भएको संसदीय दलको बैठकले मोदीलाई सर्वसम्मतरुपमा संसदीय दलको नेता चयन गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । लोकसभा निर्वाचनमा भाजपाले सन् २०१४ को रेकर्ड तोड्दै ३०३ सिटमा जित हात पारेको छ ।

यसैबीच प्रधानमन्त्री मोदीले सम्पूर्ण मतपरिणाम सार्वजनिक भएपछि सम्बोधन गरेका छन् । सम्बोधनमा उनले भारतको विकासमा यो जित महत्वूर्ण कडि सावित हुने बताएका छन् ।

भिडियोमा हेर्नुहोस् मोदीको सम्बोधन्

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय