रोनाल्डोको विकल्प भनिएका लुका जोभिकले रियल मड्रिड जान रुचि देखाएनन्

ehulaki
----------------- | जेठ १२, २०७६ आइतबार | 0

काठमाडौं। यो सिजनमा लज्जास्पद प्रदर्शनपछि आफ्ना पुराना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको स्थान लिन सक्ने खेलाडी खोजिरहेको रियल मड्रिडको चाहनामा फेरि एकपटक बाधा आएको छ । 

रियलले रोनाल्डोको स्थानमा गोल स्कोरिङ खेलाडीको रुपमा ल्याउन चाहेका लुका जोभिकलेरियलमा जान रुचि देखाएका छैनन् । इन्ट्राक्ट फ्रांकफर्टका यी स्टारले आफ्नो लागि प्रिमियर लिग वा सिरी ए सबैभन्दा उपयुक्त हुने टिप्पणी गरेपछि उनको चाहनाको खुलासा भएको हो । 

जोभिक यो सिजन घरेलु र युरोपियन लिग दुवैमा उच्च फर्ममा देखिएका छन् । ‘बुन्डेसलिगा आफैंमा राम्रो छ’ जोभिकले भने ‘तर जब मैले चेल्सी र इन्टर मिलानसँग खेलें मलाई लाग्यो प्रिमियर लिग वा सिरी ए मा खेल्दा मलाई अझै राम्रो अनुभूति हुनेछ ।’

जोभिकले प्रिमियर लिगका टिमहरुको खेल्ने तरिकाका कारण आफूलाई प्रिमियर लिग सुहाउने बताए । यद्यपि रियलले जोभिकलाई ल्याउन निकै प्रयास गरिरहेको छ । अर्कोतर्फ प्रिमियर लिग वा सिरी एका टिमले उनीप्रति यति धेरै चासो नदेखाएका कारण उनी ला लिगामै जाने सम्भावना पनि छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय