कोपा फाइनल हारेपछि बार्सिलोनाका अध्यक्षले कोचको बचाउ गर्दै भने ‘भालभर्देको गल्ती छैन’

ehulaki
----------------- | जेठ १२, २०७६ आइतबार | 0

काठमाडौं। बार्सिलोनाले कोपा डेल रेको फाइनलमा भ्यालेन्सियासँग हारेपछि प्रशिक्षक अर्नेस्टो भालभर्देको चौतर्फी आलोचना भइरहेको छ तर बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले भने भालभर्देको बचाउ गरेका छन् । 

अध्यक्षलाई लाग्छ – यो रात बार्सिलोनाको थिएन । ‘हामी केही समयदेखि अर्को सिजनको बारेमा सोचिरहेका छौं’ बार्टोमेउले भने ‘तर भविष्यमा के हुनेछ भनेर बताउने यो सही समय होइन ।’ उनले आफूहरुले ला लिगा जितेकोले यो सिजन महत्वपूर्ण भएको टिप्पणी गरे । 

‘भालभर्देसँग हाम्रो सम्झौता छ र उनी कोच हुन्’ बार्टोमेउले भने ‘यो हार हाम्रो कोचको गल्ती होइन ।’ २०१८–१९ को सिजनलाई कुन ग्रेड दिनुहुन्छ भन्ने प्रश्नमा उनले भने ‘मैले यो सिजनलाई असफल सिजनको रुपमा हेर्न सक्दिन ।’ उनले यो सिजन उत्कृष्ट नभए पनि राम्रो भएको प्रतिक्रिया दिए । 

‘हामीले यहाँ र एनफिल्डमा खेल हार्यौं जसले हामी दुई ठूला उपाधिबाट बञ्चित भयौं’ उनले भने । नयाँ खेलाडी ल्याउने विषयमा बार्टोमेउले केही भन्न चाहेनन् । ‘हामीले पहिल्यै डि जोङलाई साइन गरिसकेका छौं’ उनले भने ‘यदि कोही जान्छ भने उसको ठाउँमा अर्को खेलाडी ल्याउँछौं तर यसबारे बोल्ने यो सही समय होइन ।’
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय