'किरात इतिहास तथा वंशावली' पुस्तक सार्वजनिक

ehulaki
ई-हुलाकी | जेठ १२, २०७६ आइतबार | 0

काठमाडौँ । 'किरात इतिहास तथा वंशावली' पुस्तक सार्वजनिक भएको छ । 

अनुसन्धाता जितमान राई 'यालुङ' द्वारा लिखित यो किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष दिवस राईले लोकार्पण गरेका छन् ।

किरात राई यायोक्खा जिल्ला कार्यसमिति काठमाडौंले उभौली चाडको अवसरमा काठमाडौंको टुंडिखेलमा आयोजना गरेको समारोहमा यो पुस्तक सार्वजनिक गरिएको हो ।

पुस्तकमा 'किरात इतिहास तथा वंशावली' पुस्तकमा किरातहरूको मुन्दुम, धर्म, संस्कार-संस्कृति, पूर्वीय मिथक तथा भाषाहरूका आधारमा किरात इतिहास तथा वंशावलीहरु उल्लेख गरिएको छ । 

किरातभित्र को-को पर्छन् ? जिउने क्रममा कुन-कुन बाटो हुादै बसाइा-सराई गरे ? को-कोसाग कहाँ युद्ध गर्नु पर्यो ? राई शब्द के हो ? कति पुरानो ? राय र राईमा के फरक जस्ता पक्ष पुस्तकमा उल्लेख छ । 

यस पुस्तक नेपाली भाषा खण्डको अनुसन्धान सामग्रीलाई जम्मा १२ अध्यायमा विभाजन गरिएको छ । अध्ययनको परिचय, पूर्व प्रकाशित कृतिहरुको सारसंक्षेप, कालको आधारमा किरात जातिको अध्ययन, किरात जातिको विविध शास्त्रीयगत अध्ययन, विविध जातिगत अध्ययन, धार्मिक, विविध चाड तथा पर्वहरुको अध्ययन रहेका छन्  । 

पुस्तक यालुङछा वंशावली प्रकाशन समितिले प्रकाशन गरेको हो । वंशावली निर्माण तथा संयोजन समितिका संयोजक भरककुमार राई छन् भने सदस्यहरुमा जीतमान राई 'यालुङ' र पेशलकुमार राई छन् । 

यो पुस्तक अंग्रेजी भाषामा पनि अनुवाद गरिएकोले विदेशी पाठकहरुलाई पनि पढ्न सहज हुनेछ ।

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय