भारतले कोसी नदीमा एक्कासी पानी छोड्दा करिब ३ सय नेपाली सम्पर्कविहीन

ehulaki
ई-हुलाकी | जेठ १२, २०७६ आइतबार | 0

काठमाडौं ।  भारतीय पक्षले कोसी नदीमा वनाएको प्यालट च्यानलमा शुक्रवार साँझ एक्कासी पानी छोडदा नेपाल तर्फका करिब ३ सय सर्वसाधारण पछिल्लो २४ घण्टादेखि सम्पर्कविहीन भएका छन्।

कोशी नदीको बहाव पश्चिमी तटबन्धतर्फ फर्काउने क्रममा नेपालका ९० परिवारका  ३ सयजति सम्पर्कविहीन भएका हुन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१२ गोबरगाढामा यस्तो घटना भएको स्रोतले जनाएको छ । 

आधा दर्जन डुंगाहरु समेत नदीले वगाएर लगेको जनाइएको छ । गाउँलेहरुले संकलन गरेर राखेको काठ दाउरा, घर वनाउन प्रयोग गरिने खडही सहित केही पशु चौपाया समेत नदीको वेगले वगाएको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय