बम बिस्फोटमा मृत्यु हुने विप्लव कार्यकर्ता रहेको आशंका

ehulaki
----------------- | जेठ १२, २०७६ आइतबार | 0

काठमाडौ । सुकेधारा र अनामनगरमा भएको बिस्फोटमा मृत्यु हुनेमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रहेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । घटनामा घाइते रहेकामा रविन केसी पनि छन् । उनी  त्रिचन्द्र कलेजमा विप्लव नेकपाको विद्यार्थीका अध्यक्ष हुन् ।

विप्लव नेकपाले जेठ १३ गते नेपाल बन्द आह्वान गरेको छ। त्यसैको पूर्वसन्ध्यामा बम बनाउने तयारी गरिरहेका बेला बिस्फोट भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

घाइतेमध्ये पाँच जनाको ओम अस्पताल र टिचिङ अस्पतालमा उपचार भइरहेको छ । यस्तै, घट्टेकुलोमा पनि सिलिन्डर पड्किएको छ । क्षतिको विवरणमा आउन बाँकी छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय