सिंहदरबार नजिकै बिस्फोट भएपछि गृहमन्त्रीले बोलाए आकस्मिक बैठक

ehulaki
----------------- | जेठ १२, २०७६ आइतबार | 0

काठमाडौं । सिंहदरबार नजिकै बम बिस्फोट भएपटि सुरक्षा परिषदको आपतकालिन बैठक बसेको छ ।

बिस्फोट भएलगत्तै गृहमन्त्री राम बहादुर थापाले बैठक बोलएका हुन् । अनामनगर र सुकेधारामा भएको बिस्फोटमा ३ जनाको मृत्यु भएको थियो ।

सिंहदरबारमा केहीबेर अघि सुरु भएको बैठकमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुको उपस्थिति रहेको जनाइएको छ।

विस्फोटपछिको परिस्थितिको समीक्षा गर्दै आगामी रणनीतिबारे निर्णय गर्न बैठक बोलाइएको हुन सक्ने स्रोतले बतायो।  प्रहरीले दुई वटै विस्फोटमा विप्लव समूहको संलग्नता रहेको हुन सक्ने र अनामनगर घटना बम तयार गर्दागर्दै भएको हुन सक्ने आशंका गरेको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

ehulaki

 २ घण्टा अघि

सम्बन्धित समाचार
लोकप्रिय