सुरक्षा सतर्कता अपनाउन गृहमन्त्रीको निर्देशन

ehulaki
----------------- | जेठ १२, २०७६ आइतबार | 0

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राजधानीमा आइतबार अपरान्ह भएका दुई विस्फोटपछि उच्च सुरक्षा सतर्कता अपनाउन तीनवटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको आकस्मिक सुरक्षा समिति बैठकमा गृहमन्त्री बादलले थप जनशक्ति परिचालन गरि सुरक्षा व्यवस्था मजबुत बनाउन र यस्ता घटना दोहोरिन नदिन निर्देशन दिएका हुन् ।

बैठकमा नेपाल प्रहरी , शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखसहित महानगरीय प्रहरी कार्यालय र काठमाडौं प्रहरी परिसरका प्रमुखसमेतको उपस्थिति रहेको थियो। उनीहरुले घटनाबारे गृहमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय