मन्त्री मगरले शुरु गरिन् टीकापुरमा ५५ करोडको खानेपानी आयोजना

ehulaki
ई-हुलाकी संवाददाता | जेठ १२, २०७६ आइतबार | 0

काठमाडौं, १२ जेठ  । खानेपानी मन्त्री  बिना मगरले कैलाली जिल्लास्थित टीकापुर खानेपानी आयोजनाको आइतबार उदघाटन गरेकी छन् । एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित कूल ५५ करोड ९२ हजार लागतको उक्त आयोजनाको खानेपानी मन्त्री मगरले उदघाटन गरेकी हुन् ।

खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत तेस्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजना कार्यालयले सो आयोजना अगाडि बढाएको हो । टीकापुर  खानेपानी आयोजनाबाट ५५ हजार ७ सय ५० जनसंख्या लाभान्वित हुनेछन् भने ८ हजार ४ सय १३ घरधुरीले खानेपानी प्रयोग गर्नेछन् ।
 
उक्त आयोजनाको काम निर्धारित समय २ वर्षभित्रै सम्पन्न भएको हो ।  आयोजनाको उदघाटन गर्दै खानेपानी मन्त्री मगरले टीकपुरजस्तै देशभरका अन्य नगरपालिका र गाउँपालिकाहरुमा समेत खानेपानी आपूर्ति गर्न मन्त्रालयले गुरुयोजना बनाउन लागेको जानकारी दिइन् । मन्त्री मगरले शतप्रतिशत जनसंख्यालाई आधारभूत स्तरको खानेपानी सेवा पुराउन सरकार गम्भीर रहेकोे स्पष्ट पारिन् । जनतालाई प्रशोधित स्वच्छ खानेपानीको सेवा पुराउने र ढल व्यवस्थापन गर्ने योजनाका लागि मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री मगरको भनाई थियो । 

विभागका महानिर्देशक सुनिलकुमार दासले आधारभूत खानेपानीको पहुँच पुराउने कार्यमा उपभोक्ता समितिहरुसँग सधैं सहकार्य गर्न विभाग तयार रहेको बताएका थिए ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय