सपथग्रहणअघि नै मोदी र खान दुई प्रधानमन्त्री बीच फोनबार्ता, दुबैको चिन्‍ता आतङ्कवाद

ehulaki
ई-हुलाकी | जेठ १३, २०७६ सोमबार | 0

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खान आतंकवाद अन्तका लागि एक साथ लड्ने भएका छन् । 

आइतबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोनमार्फत् बधाई दिँदै शान्ति र विकासका लागि आफू सँधै तयार भएको बताका छन् । 

भारतीय विदेश मन्त्रायका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री बीच आतंकवाद अन्तका लागि लड्ने कुरा भएको छ ।

फोनबार्तामा प्रधानमन्त्री मोदीले भनेका छन्, "शान्ति, प्रगति र समृद्धिका लागि हिंसा र आतंकवादबाट मुक्त बनाउन आवश्यक छ ।"

प्रधानमन्त्री र उनका नयाँ मन्त्रीमण्डलले आगामी जेठ १६ गते बिहीबार बेलुकी ७ बजे शपथग्रहण लिँदैछन् । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय