नेपाल बन्द : काठमाडौं र बाहिरका विभिन्न स्थानमा के के भयो ?

ehulaki
ई-हुलाकी | जेठ १३, २०७६ सोमबार | 0

काठमाडौं । काठमाडौं उपत्यका र बाहिर विभिन्न स्थानमा विष्फोटक पदार्थ तथा शंकास्पद वस्तु फेला परेका छन् । यातायातमा आगजनी भएको छ ।

भक्तपुरको च्यामासिंहस्थित मालपोत कार्यालय नजिक भेटिएको शंकास्पद वस्तु भेटिएको थियो । यसलाई सुरक्षाकर्मीको टोलीले निष्कृय पारेको छ । 

हेटौंडाको चौकीटोलस्थित प्रहरी चौकीनजिकै विप्लव समूहले ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी गराएको छ । हेटौंडा कै बुद्धचोकनजिक राखिएको प्रेसरकुकर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

यस्तै धादिङको महादेवबेंसी पुलमा सकेट बम फैला परेको छ । यसलाई पनि नेपाली सेनाको टोलीले निस्क्रिय पारेको छ।

धादिङकै नौबिसेमा पनि शंकास्पद बस्तु फेला परेको छ । यसैगरी नवलपुरको अरुणखोला पुल नजिकै लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार भएको छ । मोरङको ठडिया चोक र  रौतहटको चन्द्रनिगाहपुर चोकमा पनि प्रेसर कुकर बम फेला परेको छ । 

(पो पनि पढ्नू) बन्दको प्रभाव कस्तो छ ? 

बम बिस्फोटमा चार जनाको मृत्यु : यी हुन घाईतेहरु ( नाम सहित )

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय