घट्यो सुनको भाउ

ehulaki
----------------- | जेठ १३, २०७६ सोमबार | 0

काठमाडौं । आज सोमबार सुनको भाउ ओरालो लागेको छ। हिजो ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज एक सय रुपैयाँले घटेर ५९ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

आज तेजावी सुनको मूल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने यथावत रहेको छ । आज चाँदी प्रतितोला ७१० रुपैयाँमा कारोबार भईरहेको छ।  

काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय