होलेसुङ-जनकराज राई मार्ग स्तरोन्नति अभियानमा माननीयहरु

ehulaki
ङाचा राई | जेठ १३, २०७६ सोमबार | 0

खोटाङ । किरातीहरुको ऐतिहासिक शासक होलेसुङको सम्मानमा बनेको ‘होलैसुङ–जनकराज राई मार्ग’ स्तरोन्नतिका लागि बजेट पार्न स्थानीयहरुले अभियान सुरु गरेका छन् । 

माननीय रामकुमार राई 'पासाङ'को नेतृत्वमा होलेसुङ समूहका युवा नेता राजुविक्रम राई, समाजसेवी भूपेन्द्रकुमार राईलगायतले मुख्यमन्त्रीको कार्यालय, प्रदेश १, बिराटनगर पुगेर निवेदन दर्ता गराएका छन् । अभियन्ताहरुले माननीय राजन राईको सिफारिसमा निवेदन पेश गरेका हुन् । 

किरात, हिन्दू र बौद्ध तीनै धर्मावलम्वीहरुको आस्थाको केन्द्र हलेसी त्रिधार्मिक स्थल प्रदेश १ मा पर्ने पहत्वपूर्ण पर्यटकस्थलको रुपमा लिइन्छ । 

"हलेसीबाट उदयपुर जिल्ला हुँदै तराईलाई अति छोटो दूरीमा जोड्ने सडक हो होलैसुङ–जनकराज राई मार्ग ।" समाजसेवी तथा पूर्वशाखा अधिकृत भूपेन्द्रकुमार राईले भने, "राष्ट्रिय योजना आयोगको आ.व. ०७२/०७३ र ०७३/०७४ को योजनामा क्षेत्रीय तथा पर्यटकीय महत्वको सडकको रुपमा यो सडक समावेश भइसकेको छ, सोही आधारमा भौतिक तथा पूर्वाधार यातायाता मन्त्रालय मार्फत् डीपीआरसमेत तयार भएको छ ।" ओखलढुङ्गा र सोलुखुम्बू जिल्लाका जनतालाई समेत यो सडकले सहज बनाएको छ । 

खोटाङ जिल्लाबाट निर्वाचित माननीयहरुकै कार्यक्षेत्रभित्र यो प्रतिष्ठित सडकमा परेकाले क्रमागत बजेट पर्नेमा होलेसुङ समूहका सदस्यहरु ढुक्क छन् ।   

यो सडक पुष्पलाल लोकमार्ग (मध्यपहाडी लोकमार्ग)सँग जोडिएको छ । यो सडक हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ५ छापडाँडादेखि सुनकोशी ख्रोप्पा वतासेघाटसम्म पर्छ । १३.२७ किमी लामो यो सडकले लिम्चुङबुङ गाउँपालिकालाई सुनकोशीमा जोडेको छ ।  

‘होलैसुङ–जनकराज राई मार्ग’ सडक स्थानीय उपभोक्ताहरुको पहल र स्थानीयहरुकै व्यक्तिगत लागतमा बनेको हो । यो सडकको ट्रयाक खोल्न ७० लाख रुपैयाँजति स्थानीयहरुले जुटाएका थिए । 

यो सडक स्तरोन्नतिका लागि खोटाङ जिल्लाका प्रदेशसभा सदस्यहरुको पहलमा आ.व. २०७५।०७६ मा १ नं प्रदेश सरकारबाट ५५ लाख रुपियाँ बजेट बिनियोजन भएको थियो । अहिले होलेसुङ समूहले क्रमागत बजेटकाका लागि माग गरेका हुन् । 

प्रतिनिधि सभासदस्य माननीय विशाल भट्टराईको साथमा होलेसुङ समूह ।

माननीय द्वोय राजन राई र रामकुमार राई 'पासाङ' प्रदेश सभासदस्य, प्रदेश नं १ 


 

ङाचा राई

डेक्स इडिटर

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय