नीति तथा कार्यक्रम आत्मप्रशंसा, महत्वाकांक्षी र कर्मकाण्डी : सांसद माझी

ehulaki
ई-हुलाकी संवाददाता | जेठ १७, २०७६ शुक्रबार | 0

काठमाडौं, १७ जेठ । प्रदेश नं. ३ लाई सबल, समृद्ध प्रदेश बनाउनको लागि दुई तिहाई बहुमतको प्रदेश सरकारले ल्याएको दोस्रो बर्षको नीति तथा कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रीता माझीले जनतामा आशा र विश्वास  सिर्जना गर्नसक्ने कुनै आधार नभएको भन्दै नीति तथा कार्यक्रमको आलोचना गरेकी छिन् । सांसद माझीले भनिन्, ‘पहिलो बर्षमा पारित गरेका तर कार्यान्वयन गर्न असफल भएका कार्यक्रमहरुको कुनै पनि समीक्षा नगरी ल्याइएको नीति तथा कार्यक्रम आत्मप्रशंसा, उग्र महत्वाकांक्षी, परम्पराको निर्वाह र कर्मकाण्डीको रुपमा मात्र रहेको जिकिर गरिन् ।
 
प्रदेशको नीति तथा कार्यक्रममा स्थानीय सरकारले गर्नुपर्ने कार्यक्रमहरु प्रदेश सरकारले ल्याएको भन्दै प्रदेश सरकारले गर्ने कार्यक्रम माथि नै प्रश्न खडा भएको सांसद माझीले बताइन् । सांसद माझीले नीति तथा कार्यक्रममा बेरोजगारी समस्या समाधानमा दिशाहीन रहेको, भ्रष्टाचार नियन्त्रण र सुशासनबारे भरपर्दो प्रतिवद्धता नभएको, गरिवी न्यूनीकरणको आशातीत कार्यक्रम नभएको, सबै धर्म, संस्कृति, भाषा र आदिवासी जनजातिको पहिचानहरु संरक्षण र प्रवद्र्धनमा कुनै ठोस कार्यक्रम नभएको, दलित, उत्पीडित, एकल महिलाहरुको समस्या समाधानको कुनै ठोस कार्यक्रम नभएको, आर्थिक रुपमा विपन्न समुदायको आर्थिक सुधार ल्याउने कार्यक्रम नभएको, प्रदेशलाई समृद्ध बनाउने ठूलो हिस्साको रुपमा रहेको उर्जा, पर्यटन क्षेत्रलाई कार्यक्रममा उचित व्यवस्था बनाउन नसकेको समेत आरोप लगाइन् । नीति तथा कार्यक्रम प्रदेश सभाले आज पारित गर्दैछ ।  
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय