आठ महीनामै रु १३ करोड राजश्व

ehulaki
रासस | जेठ १८, २०७६ शनिबार | 0

भद्रपुर  । कार्यालयले चालु आर्थिक वर्षको आठ महीनामा रु १३ करोड २१ लाख २७ हजार राजश्व सङ्कलन गरेको छ ।

सरकारले गत साउन १ गतेदेखि छुट्टै भन्सार कार्यालयको मान्यता दिएपछि भद्रपुर भन्सार कार्यालयले असोज महीनादेखि मात्र सङ्कलित राजश्व आफैँ केन्द्रमा पठाउन थालेको हो । त्यसअघि मेची भन्सार कार्यालयमा राजश्व पठाउनुपर्थ्यो ।

भन्सार अधिकृत फणिन्द्र खतिवडाका अनुसार भद्रपुर भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७५÷७६ को असोज महीनामा रु दुई करोड ६६ लाख ५६ हजार १८१, कात्तिकमा रु दुई करोड ६६ लाख ५६ हजार, मङ्सिरमा रु एक करोड ७६ लाख ९९ हजार, पुसमा रु एक करोड ४२ लाख ६६ हजार, माघमा रु एक करोड २८ लाख पाँच हजार, फागुनमा रु एक करोड ३० लाख ४१ हजार, चैतमा रु एक करोड ५३ लाख ८६ हजार र वैशाखमा रु एक करोड ४८ लाख ७५ हजार राजश्व सङ्कलन गरी राजश्व विभागमा पठाएको छ ।

उनले मेची नदीमा पक्की पुल बने पनि भारतीय सरकारले पुलको पूर्वी मुख जोड्ने ४०० मिटर सडक नबनाउँदा सामानको आयात र निर्यात दुवै कार्यमा असर परेको छ । यसबाट राजश्व सङ्कलनमा समेत कमी आएको भन्सार अधिकृत खतिवडाले बताए ।

उनका अनुसार भारत सरकारले भर्खरै मेची पुललाई विहारसँग जोड्ने बाटोको डिपीआर शुरु गरेकाले निकट भविष्यमै यस भन्सारबाट हुने राजश्व सङ्कलनमा वृद्धि आउने अपेक्षा गरिएको छ ।     

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय