भारतमा प्रचण्ड गर्मी : तापक्रम ५० डिग्रीमाथि, ३० जनाको मृत्यु

ehulaki
----------------- | जेठ १९, २०७६ आइतबार | 0

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीसहित अधिकांश क्षेत्रमा प्रचण्ड गर्मीका कारण रेकर्ड तोडिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । इलाहाबाद, दिल्ली, लखनउलगायतका कैयौं सहरमा ४५ डिग्री सेल्सियसम्म तापक्रम पुगेको छ ।

गर्मीको सबैभन्दा बढि प्रभाव राजस्थानमा परेको छ । त्यँहाको अधिकतम तापक्रम ५० दशमलव ८ डिग्रि सेल्सियस पुगेको छ । अत्यधिक गर्मीका कारण अहिलेसम्म ३० जनाको मृत्यु भइसकेको छ ।

मृत्यु हुनेमा धेरैजसो राजस्थान क्षेत्रका रहेको बताइएको छ । थार मरुभुमिबाट आउँने तातो हावाका कारण तापक्रममा बृद्धि आएको त्यँहाको मौसम विभागले जनाएको छ ।  शनिबार केही कमी भएपनि यो अवस्था दिल्लीमा अझै केहीदिन रहने अनुमान गरिएको छ ।

मौसम विभागका अनुसार मे ४ सम्ममा अझै केहि तापक्रममा बृद्धि आउँने सम्भावना छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय