दाङको बंगलाचुलीमा ट्रेक्टर पल्टिएपछि २१ जना घाइते

ehulaki
ई-हुलाकी संवाददाता | जेठ १९, २०७६ आइतबार | 0

दाङ । दाङको बंगलाचुली गाउँपालिका वडा नं. ६ मा आज बिहान एउटा ट्रेक्टर पल्टिँदा २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराहीबाट मुर्कुटी सडकखण्डमा काम गर्ने कामदार लिएर बंगलाचुलीतर्फ जाँदै गरेको रा १ त १००६ नम्बरको ट्रेक्टर आफै अनियन्त्रित भई सडकमै पल्टिएको थियो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोदविक्रम थापाले दिएको जानकारी अनुसार ट्रेक्टरमा सवार २२ जनामध्ये चालकसहित २१ जना घाइते भएका थिए । स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङमा ल्याइएको थियो । तीमध्ये चालक बंगलाचुली– ५ का २६ वर्षीय अनराम घर्तीमगर डिस्चार्ज भइसकेका छन् ।

प्रहरीका अनुसार बंगलाचुली गाउँपालिका– ३ का ४६ वर्षीय बाबुराम राना, सोही ठाउँका ४५ वर्षीय टुकमान खत्री र सोही ठाउँका १८ वर्षीय हस्तबहादुर नेपालीको स्थानीय लोहारपानी स्वास्थ्यचौकी मुर्कुटीमा उपचार भइरहेको छ । त्यस्तै, सल्यानको छत्रेश्वरी गाउँपालिका– १ का २३ वर्षीय केशर बुढा, सोही ठाउँका १९ वर्षीय नवराज घर्ती, बाँकेको खजुरा गाउँपालिका– ६ का ३४ वर्षीय टेकबहादुर परियार, सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका– ४ का १९ वर्षीय राजेश विक, बाँकेको कोहलपुर नगरपालिका– ३ का २३ वर्षीय निमबहादुर नेपाली, बाँकेकै खजुरा गाउँपालिका– ६ का १८ वर्षीय विकास नेपाली, सोही ठाउँका ६० वर्षीय भक्तबहादुर परियार, कोहलपुर नगरपालिका– १२ का ३२ वर्षीय हेमलाल परियार, दाङको बंगलाचुली गाउँपालिका– ३ का ४९ वर्षीय श्रीधर महरा, सोही ठाउँका २५ वर्षीया निमा विष्टको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

यसैगरी घोराही उपमहानगरपालिका– १४ का २५ वर्षीया आशा रोकामगर, बंगलाचुली गाउँपालिका– ३ का ३८ वर्षीया सरस्वती महरा, सोही ठाउँका २३ वर्षीय शशिधर विष्ट, बाँकेको खजुरा गाउँपालिका– ६ का १७ वर्षीय शंकर परियारको पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । त्यस्तै, रोल्पा जिल्लाको रोल्पा नगरपालिका– ६ का १६ वर्षीय विवेक विक, सल्यानको छत्रेश्वरी– ४ का ४७ वर्षीय हरि घर्ती र सोही ठाउँका ३२ वर्षीय दिलबहादुर बस्नेतको पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय